तानसेनमा दुुई करोडको ‘होटल करुवा महल’ सञ्चालनमा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । पछिल्लो समय तानसेनमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । यहाँका व्यवसायीहरुले तानसेनमा आउने आन्तरिक तथा बाÞय पर्यटकहरुका लागि ठूला लगानीमा होटलहरु सञ्चालन गर्दै आएका छन् । यी नै होटलहरुको भिडमा यहाँ करिब दुई करोड लगानीमा अर्को एउटा नयाँ होटल सञ्चालनमा आएको छ । सुन्दर नगरी तानसेनको बताँसेमा ‘होटल करुवा महल’ सञ्चालनमा आएको छ । तानसेनका राजनीतिक, सामाजिक तथा व्यवसायिक व्यक्तित्व विष्णु कार्कीले सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको हो ।

उहाँले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको बताउनुुभयो । होटलमा ८ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । ति कोठाबाट विभिन्न किसिमका हिमश्रृखलाहरु देखिने गरी झ्याल र बरण्डा बनाइएको छ । अत्यन्त शान्त र मनोमहक दृश्य अवलोकन गर्न र आमदायी बसोवासको व्यवस्था होटलमा मिलाइएको छ । होटलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । होटलको पाल्पा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायण आचार्यले रिवन काटेर शुभारम्भ गर्नुभएको छ ।

उहाँले तानसेनमा ठूला लगानीका होटलहरु सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै पर्यटन क्षेत्रको विकासमा होटलहरुले खेलेको भूमिका प्रशंसनिय रहेको बताउनुुभयो । संघीय सांसद आचार्यले होटलहरु खुल्दै गएपनि तानसेनमा पर्याप्त पर्यटकहरु भित्र्याउन नसकिएको बताउनुुभयो । उहाँले पर्यटकहरु भित्र्याउन भौतिक पूर्वाधारका संरचनाहरु निर्माण हुन नसकेकाले अब पूर्वाधार निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुुभयो ।

सांसद आचार्यले भन्नुुभयो ‘तानसेन आफैमा सम्भावना बोकेको शहर हो, तर यहाँका सम्भावनाहरुको खोजी हुन सकेको छैन । जिल्लामा थुप्रै पर्यटकीय र धार्मिक स्थलहरुको भएपनि तिनीहरुको उचित प्रयोग गर्न हामी सकिरहेका छैनौं, अब ति सम्भावनाहरुको उचित पहिचान गरी काम गर्नुपर्छ ।’ तानसेनको पर्यटन व्यवसायीको विकासमा आफुले सक्दो पहल गर्ने समेत उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पामा ठूला लगानीका होटलहरु सञ्चालनमा आएपनि तिनीहरुलाई टिकाई राख्न पर्यटन क्षेत्रको विकास गर्न नसकिएको बताउनुुभयो । अध्यक्ष भट्टराईले पाल्पाको पर्यटन विकासका लागि आफुहरु स्थानीय सरकारसँग सहकार्य गरी अगाडि बढ्ने बताउनुुभयो । उहाँले पोखरा जाने पर्यटकहरुलाई तानसेनमै ल्याउने वातावरण सिर्जना गर्न सकिएको खण्डामा यहाँका होटलहरुको व्यवसायी विकास गर्न सकिनेमा जोड दिनुुभयो ।

होटलमा स्वच्छ खानाको साथै सत्कारसहितको सेवा दिइने होटल सञ्चालक कार्कीले बताउनुभयो । उहाँले होटलमा आउने नियमित ग्राहकका लागि सहुलियत कार्डको व्यवस्था गरिने बताउनुुभयो । कार्ड पाउने ग्राहकले होटलमा १० प्रतिशत छुट पाउने छन् । यहाँ पुस महिनाभर आउने ग्राहकका लागि चिया निःशुल्क हुनेछ । होटलमा चाइनिज, इन्डियन र नेपाली अर्गानीक खाजा, खानाको व्यवस्था समेत रहेको छ । सञ्चालक कार्कीका अनुसार विगतमा सहज यात्राका लागि प्रयोग गरिने घोडाको समेत व्यवस्था गर्ने गरी काम अगाडि बढेको छ । यहाँ आउने पर्यटकहरुका लागि भैरवस्थान, रानीमहल, श्रीनगर जस्ता पर्यटकीय स्थलहरुमा जान चाहनेहरुका लागि घोडाको व्यवस्था मिलाईने कार्कीले बताउनुभयो ।

उहाँले तानसेनको पर्यटन विकास र विदेश जाने युवाहरुलाई रोजगार सिर्जना गर्ने उद्देश्यले होटल सञ्चालन गरिएको बताउनुुभयो । रोजगारीका अवसर सिर्जना गर्न र पर्यटनको विकास गर्न होटलले महत्वपूर्ण भूमिका खेल्नेमा प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज