लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु, यस्ताे छ कार्यसूची

Read Time = 3 mins

बुटवल। लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।

उहाँलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी दिनुभएको हो । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।

यो अधिवेशनमा सोमबार दुई वटा बैठक बस्ने कार्यसूची छन् । प्रदेशसभा सचिव दुर्लभ कुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउनु हुनेछ भने प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुभएको छ ।

उहाँको संविधानसँगै आधा घण्टाका लागि बैठक स्थगित भएको छ।  दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव दुर्लभ कुमार पुनले बताउनु भयाे ।

ADVERTISEMENT

बैठकमा राजनीतिक दलहरूको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने छन् । लुम्बिनी प्रदेश सभामा यस पटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । आजको अधिवेशनसँगै सरकार गठनको प्रक्रिया पनि सुरु भएको छ ।

अहिलेसम्म माओवादीबाहेक सबै दलले दलको नेता छानिसकेका छन् । सरकार गठनका लागि एमाले,माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमतसहित केन्द्रमा सत्ता गठबन्धनमा रहेका ६ दल यहाँ पनि रहेका छन् ।

८७ सदस्य प्रदेश सभामा यी दलको सांसद संख्या ५२ रहेको छ । प्रदेशको नेतृत्वका लागि एमाले र माओवादीले दाबी गरे पनि एमालेले नै पाउने सम्भावना बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *