काठमाडौं । अबदेखि आइएमई पे एप नेपाली भाषामा पनि अध्यावधिक हुनेछ । बैंकिङ पहुँच नपुगेका ठाउँमा पनि नेपाली जनतालाई आर्थिक वा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट वञ्चित हुनुनपरोस् भन्ने उद्देश्यसाथ विशेष सेवा थप गरिएको जनाएको छ । साथै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो ।
अंग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आमसेवाग्राहीका लागि सार्वजनिक गरिएको उक्त फिचरका लागि प्रयोगकर्ताले प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेट र छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पेमार्फत् कुनै पनि डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts