अर्थतन्त्र सुधार्न साना व्यवसायीका ११ बुँदे सुझाव

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने खतरा रहेको भन्दै मुलुकलाई आर्थिक संकटबाट जोगाउन तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरलाई उचित न्यूनीकरण गरी एक अंक कायम गरिनुपर्नेलगायत विभिन्न ११ बुँदे सुझाव अघि सारेको छ ।

महासंघले राष्ट्रलाई समुन्नत बनाउन साना व्यवसायीको संरक्षण गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका संयोजक जितेन्द्र दाहालले हाल देश रेमिट्यान्सको भरमा रहेकाले उत्पादन क्षेत्रमा युवाको आकर्षणका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

अबको वैकल्पिक बाटो भनेको सरकारले युवालाई उत्पादन क्षेत्रमा आकर्षित हुने वातावरणको निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । सत्ताको वरिपरि रहेका सीमित व्यवसायीको भलाइका लागि नेपालको उत्पादन निषेध गरिएको भन्दै उहाँले यस्तै अवस्था कायमै रहे नेपालको अर्थतन्त्र दलालहरूको हातमा जाने दाबी गर्नुभयो ।

ADVERTISEMENT

साना व्यवसायीले बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदर एक अंक कायम गरिनुपर्ने लगायत विभिन्न ११ बुँदे सुझाव दिएका छन् ।

११ बुँदे सुझावमा बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरलाई उचित न्यूनीकरण गरी एक अंक कायम गरिनुपर्ने, साना व्यवसायीलाई सहजतासाथ व्यापार गर्ने वातावरण निर्माण गरिनुपर्ने, सबल र समुन्नत राष्ट्र निर्माणका लागि उत्पादन क्षेत्रमा लगानीको वातावरण निर्माण गरिनुपर्ने, स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन गर्ने उद्योगको विकासका लागि विशेष पहल गरिनुपर्ने, उत्पादनमूलक उद्योगलाई न्यून ब्याजदरमा लगानीको वातावरण बनाइनुपर्ने, उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको भन्सार शुल्क घटाउनुपर्ने, व्यवसायमा लगाइँदै आएको दोहोरो कर प्रणालीलाई खारेज गर्नुपर्ने रहेका छन् ।

त्यस्तै, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूले सडकपेटीमा व्यवसाय गरेर बसेका साना व्यवसायीलाई उचित स्थानको व्यवस्था नगरी विस्थापित गर्न नहुने, कृषि क्षेत्रमा उत्पादनका आधारमा अनुदान कार्यक्रमको व्यवस्था गर्नुपर्ने, उत्पादनमूलक व्यवसायको विकास गर्नुपर्ने, युवा पंक्तिलाई व्यवसायमा आकर्षित गरी व्यवसायमा सहभागी हुने परिस्थिति निर्माणसहित विदेश पलायन हुनबाट रोक्नुपर्ने सुझाव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज