मूत्ररोग संलग्न आकस्मिक अवस्था

हिमालय टाइम्स कालिकोट, संवाददाता

✍️ प्रा.डा.अर्जुनदेव भट्ट

मूत्ररोग संलग्न आकस्मिक अवस्था भनेको के हो ?
तुरुन्त उपचार नभएको खण्डमा शरीरमा वा ज्यानलाई समेत भयभीत परिणाम ल्याउन सक्ने कुनै पनि मूत्र तथा जननेन्द्रिय रोग संलग्न रोगहरूलाई आकस्मिक अवस्था भनेर लिनुपर्दछ । यस्तो अवस्था मूत्र तथा जननेन्द्रिय रोगमाझ कुनै समय पनि देखापर्न सक्छन् । त्यसैले यस्ता अवस्थाबारे सामान्य ज्ञान हुनु आमजनमानसमा निकै महत्वपूर्ण हुन्छ ।

जुनसुकै कारणले पिसाब रोकिएको भए पनि मूत्र सञ्चालन गर्नु अनिवार्य हुन्छ । त्यसपछि कसरी स्थायी रूपमा यो समस्या समाधान गर्ने ? त्यसको विस्तृत जाँच तथा उपचार गरिन्छ ।

कुन-कुन मूत्ररोग आकस्मिकमा पर्दछन् ?
निम्न अवस्थाहरूलाई युरोलोजीमा आकस्मिक भनेर लिने गरिन्छ :-

  • एक्कासि पिसाब रोकिनु
  • मृगौलाको शूल
  • बटारिएको अण्डकोष
  • पाराफाइमोसिस्-अडकिएको अग्रर्चम
  • अण्डाशय तथा लिंग चर्म मृत अवस्था
  • प्राइअपिजम-अविरल लिंग उत्तेजना
  • भाँचिएको लिंग
  • अपअण्डकशोथ
  • संकटोन्मुख मूत्रनलीशोथ
  • यौनांग हर्पिज
  • मूत्रनली चोट
  • थिचिएको मेरुदण्ड

किन एक्कासि पिसाब रोकिन्छ र त्यसको सञ्चालन कसरी गर्ने ?
मूत्राशयभरि पिसाब भएकै अवस्थामा अपर्झट पिसाब रोकिनु ज्यादै ठूलो पीडा र छटपट्टिपूर्ण हुन्छ । यो अवस्था पुरुष तथा स्त्री दुवै लिंगमा देखापर्न सक्छ । साना उमेरदेखिका वृद्धावस्थासम्म पनि यस्तो हुन सक्छ तर कारण भने ज्यादै भिन्न हुने गर्दछ ।

ADVERTISEMENT

कारण

  • मूत्रपत्थरी
  • जमेको रगतका टुक्रा
  • बच्चामा देखिने मूत्रनलीको भल्व
  • प्रोष्टेट ग्रन्थिको कडा शोथ वा वृद्धि
  • साँघुरो मूत्रनली इत्यादि हुन्छन् ।

स्त्रीहरूमा मूत्रथैली तल झरेपछि मूत्रनली धेरै चञ्चल भएर बागिंएर एक्कासि पिसाब रोकिन्छ । जति बढी कनेर पिसाब फेर्न खोज्यो त्यति नै झन गाह्रो हुन्छ । खास गरेर मधुमेहले यो समस्या उब्जाउने गर्दछ ।

लक्षण

  • पेट दुःख्ने, फुल्ने
  • दिसा बस्न मन भइरहने
  • वाक-वाक बान्ता हुने
  • बर्बराउने (खास गरेर वृद्धहरू)
  • छटपट हुने, कसो गरुँ के गरुँ भनेर यताउता हिँड्न मन लाग्ने ।

उपचारः
जुनसुकै कारणले पिसाब रोकिएको भएपनि मूत्र सञ्चालन गर्नु अनिवार्य हुन्छ । त्यसपछि कसरी स्थायी रूपमा यो समस्या समाधान गर्ने ? त्यसको विस्तृत जाँच तथा उपचार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?