हवाई इन्धनको मूल्य घटाउन माग

Read Time = 3 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक प्रदीप अधिकारीले नेपाल आयल निगमले हवाई इन्धनमा ७८ रुपैयाँसम्म नाफा लिँदै आएको भन्दै हवाई इन्धनको मूल्य तत्काल समायोजन गर्न माग गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एभियशन मिट २०२२ कार्यक्रममा उहाँले यस्तो माग गर्नुभएको हो । महानिर्देशक अधिकारीले हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि एक रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको भन्दै यस्तो बेलामा एलपी ग्याँसमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने बताउनुभयो ।

क्यानका महानिर्देशक अधिकारीले निगमले हवाई इन्धनमा ७८ रुपैयाँसम्म नाफा लिँदै आएको भन्दै हवाई इन्धनको मूल्य तत्काल समायोजन गर्न माग गर्नुभएको छ ।

ADVERTISEMENT

नेपालको हवाई नीति विमानस्थलहरूको नम्बर बढाउने तर जहाजको नम्बर बढाउनेतर्फ भने ध्यान नगएको उहाँको भनाइ थियो । मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताउनुभयो । प्राधिकरण र पर्यटन मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अघि बढाउने उहाँको प्रतिबद्धता थियो ।

मुख्यसचिव बैरागीले उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन प्राप्त दक्ष जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्ने भन्दै नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालीन सोचका साथ बनाइएको बताउनुभयो । नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थल तत्काल चल्न सकेन भनेर चिन्ता लिन नहुने र निजगढ विमानस्थलको छिटो टुंगो लगाउनुपर्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज