काठमाडौं । धरान उपमहानगरपालिका १६ मा विगत १० वर्षदेखि सञ्चालन हुँदै आएको नवोदय प्लस टुु युएन कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । विज्ञान संकायका ११ र १२ कक्षामा अध्ययनरत ५० जना विद्यार्थीको नेतृत्वमा शुक्रबार कलेजतर्फबाट प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हृयाण्डका संयोजक रामबहादुर लिम्बूले आविष्कार केन्द्रमै पुगरे केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
कलेजका प्राध्यापक तथा युएन नवोदय हेल्पिङ हृयाण्डका संयोजक रामबहादुर लिम्बू, विज्ञान संकायका को-अर्डिनेटर आकाश अधिकारीलगायत ५० विद्यार्थीलाई आविष्कार केन्द्रका प्रविन बोहरा र सौरभसिंह चौधरीले केन्द्रले गरिरहेको कामबारेमा जानकारीका साथै केन्द्रको अवलोकन भ्रमण गराउनुभएको थियो ।
सो अवसरमा केन्द्रका डा. अध्यक्ष पुनले केन्द्रलाई सघाउन नागरिकस्तरबाट स्वतःस्फूर्तरूपमा आर्थिक सहयोग जुटेको भन्दै वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्ति विदेश पलायन हुनबाट रोक्न केन्द्र स्थापना गरिएको बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts