सेञ्चुरीको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको १२औँ वार्षिक साधारणसभा बिहीबार बैंंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट चुक्ता पुँजी नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रुपैयाँकोे ४.७५ प्रतिशत बोनश सेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

ADVERTISEMENT

साथै सेञ्चुरी बैंक प्रभु बैंकले प्राप्ति गर्नेसम्बन्धी विशेष प्रस्तावसमेत पारित गरेको छ । बैंकका अनुसार चालु आवको असोजसम्म बैंकको कुल निक्षेप ९७.२९ अर्ब र कर्जा रकम ८७.४५ अर्ब परिचालन गरी ३१.८५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज