हुण्डाई कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’

Read Time = 2 mins

काठमाडौं । हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट नेपालले निर्माण व्यवसायीलाई लक्षित गर्दै ‘हुण्डाई स्मार्ट प्रमिस’ योजना ल्याएको छ । योजनाअन्तर्गत कम लगानीमै राम्रो कण्डिसनको सेकेण्ड हृयाण्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिनेछ । ग्राहकले नयाँ उपकरणभन्दा लगभग ६० गुणा कम लगानीमै सेकेण्ड हृयाण्ड उपकरण खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ अवस्थामा लिँदा एक करोड ५० लाखसम्म पर्ने उपकरण ग्राहकले ६० देखि ९० लाखमै लिन सक्नेछन् । यसअघि तीन सय ६१ घण्टादेखि बढीमा २९ सय ५० घण्टासम्म प्रयोग गरिएका सेकेण्ड हृयाण्ड उपकरण अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका कम्पनीको दाबी छ ।

ADVERTISEMENT

‘हुण्डाई स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरमा नौ महिना वा एक हजार घण्टाको प्रयोग अवधिसम्म वारेन्टी रहेको छ भने हुण्डाई मेन्टेनेन्स कन्ट्रयाक्ट (एचएमसी) प्याकेजअन्तर्गत निश्चित युनिटका एक्जाभेटरमा छ महिना, आठ महिना वा नौ महिनाको निःशुल्क मर्मत व्यवस्था छ । उक्त योजना हुण्डाईको काठमाडौं, हेटौंडा र बुटवल शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?