गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता हुन निर्देशन दिएको थियो ।

ADVERTISEMENT

निर्देशनपछि मापदण्डविपरीत पूर्वकर्मचारी, सुरक्षाकर्मीसहितका व्यक्तिको सुरक्षामा खटिएका नेपाल प्रहरीका १०३ जना र सशस्त्र प्रहरी ९१ जनागरी १९४ सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।

यो तथ्यांक केन्द्रको मात्र भएको र जिल्लामा निर्देशन दिएकाले यो संख्या अझ धेरै हुन सक्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?