धरान । सूर्य नेपाल गल्फ टुर २०२२-०२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन नेपाल नम्बर १ शुक्रबहादुर राई चार स्ट्रोकको अग्रता बनाउन सफल हुनुभएको छ । पार-७० को धरान गल्फ क्लबको कोर्समा उहाँले बोगीरहित ६-अण्डर ६४ को कार्ड तयार पार्दा समग्रमा १०-अण्डर एक सय ३० को सानदार स्कोर बनाउनुभयो । जुन स्कोरमा उहाँले पहिलो दिनका लिडर निरज तामाङलाई चार स्ट्रोकले पछि पार्नुभयो ।
आयोजकका अनुसार दोस्रो दिन निरजले एक-अण्डर ६९ खेल्दै समग्रमा छ-अण्डर एक सय ३४ स्कोर जोड्नुभयो भने सञ्जय लामाले इभन-पार ७० खेल्दै चार-अण्डर एक सय ३६ सहित तेस्रो स्थानमा दोस्रो दिनको खेल पूरा गर्नुभयो । भुवन नगरकोटीले दोस्रो दिनको खेल इभन-पार ७० मा पूरा गर्दा कुल तीन-अण्डर एक सय ३७ स्कोरसहित चौथो स्थानमा रहनुभयो । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts