निरु विक घटनाका हत्यारालाई कार्वाहीको माग गर्दै गृह मन्त्रालयलाई ज्ञापनपत्र

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर-६ गोरालबाडाकी १६ वर्षीया किशोरी निरु विक घटना माथि छानबिन गरि दोषीलाई कार्वाहीका लागि चे फोर्स नेपाल कर्णाली प्रदेशले जिल्ला प्रशासन कार्यालय कालीकोट मार्फत गृह मन्त्रालयलाई बुधबार ज्ञापनपत्र पेश गरेको छ ।

चेस फोर्स नेपाल कर्णाली प्रदेशका बिग्रेड कमाण्डर हिक्मतजंग मल्ल, कालीकोट जिल्ला कमिटी डेप्यूटी कमाण्डर सुनिल शाही र सेक्रेटरी कमाण्डर दिलु शाहीले निरु विक घटनाका दोषीलाई तत्काल छानबिन गरि कार्वाहीका लागि माग गरेका हुँन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै बलात्कार पछि हत्या जस्ता जघन्य अपराध गर्ने अपराधी पहिचान नहुँनु, पीडित पक्षले न्याय नपाउनु जस्ता कारणले अझै पनि कालीकोट जिल्लाका नागरिकले कानूनी राज्यको आभास पाउन नसक्नु दुखत भएको बताउदै गृह मन्त्रालयलाई उक्त ध्यानाकर्षण पत्र पेश गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ 'सामाजिक न्याय स्थापित गर्न र समतामूलक समाज निर्माण हुँनु पर्ने कुरामा चे फोर्स नेपाल स्थापना कालदेखि नै प्रतिबद्ध छ । यस्ता जघन्य अपराध मानवता विरोधी भेदभावका घटना कुनै पनि हालतमा स्वीकार नभएको हुँनाले यो घटनाको तत्काल अनुसन्धान गरि दोषी उपर कडाभन्दा कडा कार्वाहीको निम्ति चे फोर्स नेपाल जोडदार माग गर्दछ।'

ADVERTISEMENT

२०७८ साल भदौ ४ गते मेला हेर्ना गएकी १६ वर्षीया किशोरी निरु विकको शरीरको आधा भाग कपडा मात्र रहेको अबस्थामा भदौ ७ गते घर नजिकैको मकै बारीमा शब फेला परेको थियो ।

कक्षा ९ मा अध्यनरत छात्रा निरु विकको बलात्कार पछि हत्या भएको १ बर्ष ४ महिना बितिसक्दा पनि उक्त घटनाका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज