प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले उकालो

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४.७२ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ३३ कम्पनीमा उकालो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ७ कम्पनी स्थिर रहेको छ । सुरुवाती चरणमा नै सिद्धार्थ बैंक र हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भइरहेको छ ।

ADVERTISEMENT

साथै, स्वाबलम्बन लघुवित्त वित्तिय संस्था, गरिमा विकास बैंक, रसुवागढी जलविद्युत् कम्पनी र अधिखोला लघुवित्त बित्तिय संस्थाको २ प्रतिशतले मूल्य वुद्धि भएको छ ।

यता, १३ उपसूचकहरूमध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज