कराँची । पाकिस्तानले अति आवश्यक बाहेकका तथा विलासिताका सामानको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामान आयातमा रोक लगाएको जानकारी गराएको हो ।
आयातमा रोक लगाइएका सामानहरू तीन दर्जनभन्दा बढी रहेको बताइएको छ । त्यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रम ल्याएको छ । आर्थिक संकट पर्नसक्ने संकेतहरू देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो ।
सूचना तथा प्रसारणमन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरू देखिन थालेको भन्दै यसका लागि देशवासीले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभएको छ । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts