फेसियल हाउसको १५ औँ वार्षिकोत्सव

Read Time = 2 mins

काठमाडौं । ब्युटी सैलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शअन्तर्गतको महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल सुन, चाँदी तथा रत्न आभूषण संघका अध्यक्ष जोत्स्ना श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विश्लेषक प्रकाश रायमाझीलगायतको उपस्थिति रहेको थियो । आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा विस्तार गरिने सञ्चालक सुष्मा महराले जानकारी गराउनुभयोे ।

मञ्चका प्रेमलाल महर्जनले केही वर्षअघि फेसियल हाउस बन्द नै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको आत्मविश्वासका कारण अझ ठूलो फेसियल हाउसमा १५औँ वार्षिकोेत्सव मनाउन पाइएको बताउनुभयो ।

ADVERTISEMENT

राजनीतिक विश्लेषक रायमाझीले धमाधम मानिसहरू विदेश पलायन भइरहेका बेला रोजगारीयुक्त व्यवसाय गर्नु नै पौरखी हात भएको बताउनुभयो । फेसियल हाउसमा ट्याटु रिमुुभर, लेजर मेसिन, हेयर, ब्युटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाइट्रा फेसियललगायतका सेवा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?