भारतीय प्रधानमन्त्री मोदीले दिए प्रचण्डलाई बधाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।

भारतीय प्रधानमन्त्रीले आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमा प्रचण्डलाई बधाइ दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई छ । भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’

ADVERTISEMENT

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यो खालको मित्रतालाई अझ मजबुत बनाउन नेपालसँग मिलेर काम गर्ने बताउनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *