प्रकृतिको लागि प्राकृतिक अभियानमा पूजा र अरुण

Read Time = 15 mins

✍️ कृष्ण भुसाल

हरेक मानिसका आ-आफ्नै चाहना र इच्छा हुन्छन् । कसैको चाहना आफू र आफ्नो परिवारको समृद्धि हुन्छ भने कसैको चाहना आफू, आफ्नो परिवार, समाज र देशका लागि हुन्छ । त्योभन्दा पनि माथि हाम्रो सिंगो पृथ्वी, हाम्रो वातावरण, हाम्रो परिवेशलाई लिएर केही व्यक्तिहरूले चिन्तन, मनन, खोज-अनुसाधान र विभिन्न उपायहरू प्रस्तुत गरेको पाइन्छ । यही बाटोमा हुनुहुन्छ नेपाली एक दम्पती । उहाँहरू हुनुहुन्छ डा.पूजा मानन्धर र अरुण लामा । उहाँहरूले नेपाल बायो साइन्स रिसर्च ल्याब्रोटीमार्फत विभिन्न अनुसन्धान खोज गर्दै आउनुभएको छ ।

डा. पूजा माइक्रो बायोलिजष्ट हुनुहुन्छ भने अरुण लामा इन्भारमेन्टल इन्जिनियर हुनुहुन्छ । चीनका विश्वविद्यालयमा माइक्रोबायोलोजी र इन्भारमेन्टल इन्जिनियर क्षेत्रमा अध्ययन र रिर्सच साथै विदेशका अन्य ठाउँमा अध्ययन र रिर्सच गरेको यो दम्पतीले आफूले जानेको, सिकेको, बुझेको, खोज अनुसन्धान गरेको विषयलाई किन आफ्नै देशमा उपयोग नगर्ने भनेर यतिवेला देशमै आफ्नो शिप योग्यतालाई लगाउ भनेर लागि पर्नुभएको छ ।

उहाँहरूले माटोमा रहेका तीनओटा नयाँ भ्याक्टेरियासमेत पत्ता लगाउनुभएको छ । यसका बारेमा अन्तरौष्ट्रिय जर्नलमा समेत लेख प्रकाशित भएको छ ।

उहाँहरू ‘प्रकृतिको लागि प्राकृति’ अभियानमा लाग्नुभएको छ । हाम्रो वातवरण, हाम्रो माटो बचाउ भन्ने अभियानमा लाग्नुभएको छ ।

जैविक मलको प्रयोगले १० देखि ४० प्रतिशत बाली उत्पादनमा वृद्धि गर्दछ र यो मलहरू एक आपसमा मिल्ने प्रकारको कम्पोष्ट मलसँग मिश्रण बनाइ प्रयोग गर्न सकिन्छ र यो हानिकारक अवेशषरहित छ ।

उहाँहरूले बलाजु वनस्थली काठमाडौंमा नेपाल बायो साइन्स रिसर्च ल्याब्रोटीमार्फत आफूहरूलाई हर समय व्यस्त बनाउँदै आउनुभएको छ विभिन्न खोज अनुसन्धान र त्यसको इम्लिमेन्टेसनमा । पृथ्वी, वातावरण र जनताका लागि भन्ने उहाँहरूको यो अभियान सन् २०१८ देखि सुरु भएको हो । यस संस्थाले माइक्रोबायोलोजीको खोज र अर्गानिक वेष्टको व्यवस्थापन एवं उपचार गर्दै आएको छ । उहाँहरूले माटोमा रहेका थुप्रै नयाँ जातका ब्याक्टेरियाहरू अनुसन्धान गर्नुभएको छ । उहाँहरूले वातावरणिय परामर्श, अर्गानिक वेष्ट व्यवस्थापन, ट्रेनिङ र रिसर्च, माइक्रोबायोलोजी एवं केमिकल एनालाइसिसका क्षेत्रमा काम गर्दै आउनुभएको छ भने सोयल हेल्थ कार्ड इस्यु गर्दै आउनुभएको छ ।

यस्तै, माटो, पानीको जाँचका साथै फरक-फरक प्लान्टका प्याथोजेनका बारेमा काम गर्दै आउनुभएको छ । त्यस्तै १४ फरक प्यारामिटरसमा एकसय प्रकारका फरक क्रप्स र इस्युमा हेल्थ कार्ड यो संस्थाले प्रदान गर्दै आएको छ । उहाँहरूले स्वदेशी सूक्षमजीवको अध्ययन अनुसन्धान कार्य गरिरहनु भएको छ । माटोको स्वास्थ्य के कस्तो छ, त्यसको परीक्षण गरेर बाली उत्पादन वृद्धि गर्नुका लागि पनि यो संस्थाले परामर्श दिँदै आएको छ ।

जैविक मल :
हाल कृषि मलको अभाव, गुणस्तर, वातावरण, ठोस फोहोर व्यवस्थापन र स्वास्थको समस्यालाई मध्य नजर राख्दै यो जोडीले वातावरणीय अवस्थालाई क्षयति नपुर्‍याई सामाजिक परिवेश र भौगोलिक अवस्थासँग मेल खाने तरिका अपनाउँदै वातावरणीय हिसाबले आफू र आफ्ना सन्ततिको स्वास्थ्यको र पौष्टिक खानाको विकास गर्ने हिसाबले व्यापक अनुसन्धान गरेर जैविक मल पनि बनाएको छ ।

ADVERTISEMENT

यो मलको विशेषतामा :

  • १ के.जी./लि.ले २० रोपनी/ १९ कठ्ठा सम्मलाई प्रयाप्तसँग प्रायोगगरी कृषि उपजमा अतिरिक्त बढावा ल्याउन सकिन्छ ।
  • हावामा स्वतन्त्र रूपमा भएको नाइट्रोजनलाई (Nitrogen) स्थिरीकरण गर्नुको साथै माटोमा निष्क्रिय तथा अघुलनशील अवस्थामा रहेको फस्फेट, पोटासीयम (Phosphate, Potassium) तत्वलाई जैविक प्रक्रियाद्वारा घुलाउँदछ र रूख बिरूवाले प्रयोग गर्न सक्ने बनाउछ ।
  • रूख बिरुवामा रोगहरूको विरुद्ध एन्टिबायोटिक उत्पादन गरी माटोमा हुने हानिकारक जीवाणुलाई नियन्त्रण गरी रूख विरुवाको वृद्धि र विकासमा मद्दत गर्ने ।
  • रूख बिरुवालाई चाहिने भिटामिन, एमिनो एसिड, हर्मोन उत्पादन गर्दछ । यसको प्रयोगले प्रांगारिक पदार्थको विघटन गरी माटोमा कार्बन, नाईट्रोजन, फस्फोरस, पोटासीयम जस्ता तत्वहरू उपलब्ध गराउने । यो जैविक मल अन्न, तरकारी र फलफूलबालीको लागि निकै उपयोगी भएको पाइएको छ ।
  • कृषि जन्य जग्गा तयार गर्दा, नर्सरीको ब्याड तयार गर्दा, बीउ बेर्ना रोप्ने/छर्ने समयमा प्रयोग गर्न सकिन्छ । यो बाहेक चाना काटेर लगाउने बालीहरू जस्तैः आलु, उखु, अदुवा, पिडालु, फलफुलका हांगा, जडीबुटी कटिङ बालीमा प्रयोग गर्न सकिने उहाँहरूको भनाइ छ ।

प्रो-मल :

  • विदेशबाट आयातित जैविक मल विभिन्न कारणले कम प्रभावकारी अथवा सफल नहुन सक्छ, कारणहरू जस्तै ढुवानीमा लाग्ने लामो समय, कमसल व्यवस्थापन, भण्डारण, तापक्रम, पर्यावरणीय कारकहरू ।
  • कुनै पनि रैथाने जातको मल संसारमै सबैभन्दा उच्च गुणस्तरको जैविक मलको रूपमा मानिन्छ । प्रो-मल पनि नेपालमै रैथाने जातको जीवाणुबाट बनाइएको हो ।
  • प्राकृतिक रूपले बोटविरुवालाई छिटो र छरितो समयमा उत्पादन शक्ति बढाउनुको साथै बिरुवामा लाग्ने विभिन्न ब्याक्टोरिया र फंगल रोगहरूबाट बचाउन र सुरक्षित राख्न प्रभावकारी छ ।

फाइदाहरू :
जैविक मलको प्रयोगले १० देखि ४० प्रतिशत बाली उत्पादनमा वृद्धि गर्दछ र यो मलहरू एक आपसमा मिल्ने प्रकारको कम्पोष्ट मलसँग मिश्रण बनाइ प्रयोग गर्न सकिन्छ र यो हानिकारक अवेशषरहित छ । यो जैविक मलहरूले वनस्पतिको अवशेषको विघटन गरी माटोमा नाईट्रोजन, फस्फोरस, पोटासियम र अरु शुक्ष्म पोषण जस्तै मेंगनेस, मेग्नीसियम, आइरन, मोलिब्डिनियम, बोरोन, जिंक, कोपर र कार्बनको अनुपात स्थिरतामा कायम राख्दछ । साथै यो पुनः उत्थानमुखी खेती प्रणालीका लागि धेरै फाइदाजनक छ । यसको प्रयोगले रासायानिक मलको खपत घटाई उत्पादन लगातमा कमी ल्याउन सकिन्छ ।

यो मलको प्रयोगले कृषि जन्य माटोको उत्पादन क्षमता वृछि गरी, माटोको समग्र गुणस्तरमा सुधार गराइ खेतीको प्रवद्र्धनमा सहयोग गर्दछ । यसको अलाबा लामो समय सम्म कृषि जन्य माटोमा रहने भएकोले माटोको सुधारमा दिगोपना ल्याउँछ । प्राङ्गारिक खेती, पर्यावरण मैत्री खाद्य उत्पादन प्रणाली, सुरक्षित खाद्य उत्पादन प्रणाली प्रवद्र्धनमा मल सहयोगी रहने गर्दछ । बायोमाण्डु मार्फत नवीन जैव प्राविधिक कृषिमा आधारित कार्य हुँदै आएको लामाले बताउनुभयो । जसले बिरुवाको स्वास्थ्य प्रवद्र्धन गर्न र माटोको अवस्था सुधार गर्न प्रकृतिमा के हुन्छ भन्ने अनुकरण गर्ने ‘बायोमिमिक्री’ को विज्ञान प्रयोग गर्ने उहाँ बताउनुहुन्छ ।

माटोको वैज्ञानिक जाँच/परीक्षण र सहरी बायोसोलिड फोहोरको प्रशोधन :
हाम्रो देश कृषि प्रधान भनिए पनि कृषिमा पर निर्भरता बढ्दो छ यसलाई रोक्नका लागि कृषिमा आत्मनिभरका साथै निर्यातमुखी हुनका लागि हामी आजै लाग्नुपर्ने वातावरण इन्जिनियर तथा परामर्शदाता अरुण भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ, हाल वर्तमान परिस्थिति तथा स्रोत सधानलाई मध्य नजमा राख्दा सबभन्दा उपुक्त तथा सरलताको आधरमा कृषि क्षेत्रको चौतर्फी बिकासमा ध्यान दिनु उपयुक्त हुन्छ ।’ यसका लागि परामपरागत सोच भन्दा नयाँ तरिका, नयाँ उपाय र वातवरणीय संरक्षणलई ध्यान दिँदै हामी अगाडि बढनुपर्ने उहाँको सुझाव छ ।

विदेशमा आर्जन गरेको ज्ञानलाई देशमै केही गरौँ भन्ने उद्देश्यले लागिपर्नु भएको यो जोडीका कार्य स्तुत्य रहेका छन् । माटो जोगाउने, वातवरणलाई संरक्षण गर्ने उहाँहरूको अभियानलाई राज्यले पनि साथ सहयोग पुर्‍याउन जरुरी छ ।

उहाँ भन्नुहुन्छ, ‘हामीहरूले दोस्रो मुलुकबाट अरबौको खाद्य समान तथा अन्य उपभोगको समानहरू बाध्यतावश मगाइ परिपूर्ति गरी राख्नुपरेको छ । जुन उक्त खाद्य उप्योग्य समानहरू हाम्रो कृषि क्षेत्रमा आवश्यक सुधार गरी कृषि उत्पादनमा प्रचुर मात्रामा वृद्घि गरी आपुर्ति गर्नुको साथै राष्ट्रिय धन बहिरगमनलाई रोक्न सक्षम हुने छौ ।’ देशको ८०-९० प्रतिशत जनसंख्या कृषिमा आधारित भएपनि कृषिक्षेत्रमा उल्लेखनिय प्रगति हुन नसक्नु हाम्रो लागि दुर्भाग्य भन्दै उहाँ भन्नुहुन्छ, ‘माटोको कृषि योग्य जमिनको माटोको वैज्ञानिक जाँच/परीक्षण र सहरी बायोसोलिड फोहोरलाई प्रशोधन गरी सो लाई कृषि मलको रूपमा गर्नाले देशको अरबौको बचत तथा कृषि उत्पदनमा टेवा दिन सकिन्छ ।’ यसका लागि प्रोजेक्ट सञ्चालन गर्न आवस्यक रहेको उहाँको भनाइ छ ।

नेपालको भौगोलिक बनावोट अनुसार यसको प्राकृतिक तथा मौसमिक विविधता पनि फरक फरक स्थान मा भिन्नता पाईन्छ । अर्थात हर प्रकारको वातावरणीय विविधता यस धर्तिमा बिद्यमान रहेको छ । तसर्थ यहाँ धेरै काम गर्न सकिने वैज्ञानिक पूजाको भनाइ छ । राज्यले पनि अनुसन्धानका कामालाई प्रथमिकता दिनुपर्ने बताउँदै पूजा भन्नुहुन्छ, ‘अनुसन्धानबिना कुनै पनि राष्ट्रको विकाश हुन सक्दैन ।’

विदेशमा आर्जन गरेको ज्ञानलाई देशमै केही गरौ भन्ने उद्देश्यले लागिपर्नु भएको यो जोडीका कार्य स्तुत्य रहेका छन् । माटो जोगाउने, वातवरणलाई संरक्षण गर्ने उहाँहरूको अभियानलाई राज्यले पनि साथ सहयोग पुर्‍याउन जरुरी छ । ‘विभिन्न राज्यका निकायमा जादा हामीले सोचे जस्तो सहयोग पाउन सकेका छैनौँ’, उहाँहरूको गुनसो छ । देशले जबसम्म देशकै वैज्ञानिकहरूको खोज अनुसन्धानलाई संरक्षण सम्बद्र्धन गर्न सक्दैन तबसम्म राष्ट्र अगाडि बढन सक्दैन । उहाँहरूको खोज अनुसन्धानलाई थप टेवा पुर्‍याएर देशको समृद्धिमा ल गाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *