१४ विधामा आइसिटी अवार्ड प्रदान

Read Time = 3 mins

काठमाडौं । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको सातौँ संस्करण सम्पन्न भएको छ । शुक्रबार सम्पन्न ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गरिएको हो । यस वर्षको हृवावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ भने प्रोडक्ट आइसिटी अवार्ड गल्ली म्याप्स र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपछि पब्लिक भोटिङसमेत गरिएको थियो ।

त्यसैगरी व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड मंगेशलाल श्रेष्ठ, नेपाली डायस्पोरा आइसिटी अवार्ड डा. वेद काफ्ले, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजयकृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । संस्थालाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय माध्यमिक विद्यालय, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) खोकनाको ज्ञानोदय बालवाटिका स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई प्रदान गरिएको छ ।

ADVERTISEMENT

सबैभन्दा बढी पब्लिक भोट ल्याउने टिमलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड चिंगारीलाई प्रदान गरिएको छ । सार्क राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिंगारीले अवार्ड हात पारेको हो । विजेतालाई मुख्य सचिव शंकरदास बैरागी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, प्रतिनिधिसभा सदस्यहरू ठाकुर गैरे, महेश बर्तौला, मनिष झा, शिशिर खनाल, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायतले अवार्ड प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज