नबिल बैंकको ‘नियो बैंक’ सेवा

Read Time = 3 mins

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक एन बैंक (नियो बैंक) सञ्चालनमा ल्याएको छ । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गर्दै एन बैंकको शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एन बैंक एण्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरूपमा परिमार्जन गरीे एन बैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ । नबिल बैंकले एन बैंकलाई एक छुट्टै भर्चुअल शाखाका रूपमा स्थापना गरेको हो । नबिल बैंकका अध्यक्ष पौड्यालले एन बैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दिगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभएको छ ।

शुभारम्भ कार्यक्रममा उपाध्यक्ष चौधरीले भन्नुभयो, ‘एन बैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिलले गर्नेछ । ग्राहकले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवा प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ ल्याएको छ । एन बैंक कुनै पनि भौतिक शाखाबिनाको निजीकृत भर्चुअल बैंकिङ हो ।’

ADVERTISEMENT

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइलको सहायताले एन बैंकको उपयोगमार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवा लिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दैै सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेर नबिल स्मार्ट बैंक एक उत्कृष्ट बैंकिङ अनुभवका लागि एन बैंकमा परिणत भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?