एनआरएनएद्वारा विश्व साइकलयात्री महर्जनलाई साइकल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले विश्व साइकलयात्री ज्ञान महर्जनलाई साइकल हस्तान्तरण गरेको छ । एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापा र एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव एवं आइसिसी सदस्य प्रदिप न्यौपानेले संयुक्तरूपमा उहाँलाई विश्व भ्रमणका लागि साइकल हस्तान्तरण गर्नुभएको हो । साइकल संघको पहल र एनसिसी चीनको सहयोगमा प्रदान गरिएको एनआरएनएले जनाएको छ ।

सो अवसरमा एनआरएनए कार्यकारी अध्यक्ष थापाले संघले नेपालको पर्यटन प्रवद्र्धनमा गरेका कार्यबारे चर्चा गर्दै नेपालका प्रभावशाली व्यक्तित्वलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । विश्व साइकलयात्री महर्जनको मिसनलाई थप सहयोग गर्न एनसिसी चीनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै सुखमय र फलदायी यात्राका लागि शुभकामना दिनुभयो ।

संघको सचिवालयमा आयोजित कार्यक्रममा एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव प्रदीप न्यौपानेले एनसिसी चीनले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गरेकोमा आभार प्रकट गर्दै एनआरएनए र एनसिसी चीनको झण्डासहित विश्व भ्रमण गर्न लागेकोमा विश्व साइकलयात्री महर्जनलाई सफल यात्राका लागि शुभकामना दिनुभयो ।

ADVERTISEMENT

एनआरएनएका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समिति सभापति सोम सापकोटाले एनआरएनएले विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा गरेका गतिविधिबारे जानकारी गराउँदै विश्व साइकलयात्री महर्जनले यात्राका क्रममा नेपालको पर्यटन प्रवद्र्धनका साथै ग्लोबल वार्मिङबारे सन्देश फैलाउने योजनाको प्रशंसा गर्नुभयो ।

एनआरएनए सचिव गोविन्दप्रसाद गौतमले नेपाल पर्यटन प्रवद्र्धन एनसिसी चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै विश्व साइकलयात्री महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवालदेखि साइकल यात्रा सुरु गरेर हालसम्म १५ वटा मुलुकमा यात्रा गरेको र आगामी जनवरी १५ देखि एसियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराउनुभयो ।

एनसिसी चीनका अध्यक्ष रोहित अग्रवालले नेपालको पर्यटन प्रवद्र्धनका साथै जलवायु परिवर्तनको मुद्दा लिएर भम्रण आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै चीन भ्रमणको निम्तोसमेत दिनुभएको एनआरएनएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज