राहुल गान्धीलाई ‘भारत जोडो यात्रा’ रोक्न सरकारको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

नयाँदिल्ली । कंग्रेस नेता राहुल गान्धीले गरिरहेको ‘भारत जोडो यात्रा’ लाई रोक्न भारत सरकारले आग्रह गरेको छ । केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डवियाले लेखेको पत्रमा देशमा एक पटक फेरि कोरोनाको खतरा बढेकाले ‘हेल्थ इमर्जेन्सी’ को अवस्थाबाट देशलाई बचाउन यात्रा रोक्न आग्रह गरिएको हो ।

यात्रामा ‘कोभिड प्रोटोकल’ लागू गर्न सम्भव नरहे यात्रा रोक्न मन्त्रीले आग्रह गरे । तर भारत सरकारले भने हाल कोरोनासम्बन्धी कुनै पनि नियम लागू गरेको छैन ।

ADVERTISEMENT

कोरोनाका लागि सरकारले कुनै पनि नियम र प्रोटोकलको घोषणा नै नगरेका बेला राहुलको यात्रामाथि प्रतिबन्ध लगाउने विषयलाई कंग्रेसले अस्वीकार गरेको छ । कंग्रेस प्रवक्ता पवन खेडाले पत्रकार सम्मेलन गरेर भारत सरकारले राहुल गान्धी, कंग्रेस र भारत जोडो यात्रामाथि मात्रै प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् ।

विपक्षी दल कंग्रेस नेता राहुलले यति बेला कन्याकुमारीदेखि कश्मीरसम्म ‘भारत जोडो यात्रा’ गरिरहेका छन् । यात्राले एक सय दिन पूरा गरेको छ । राजस्थानको यात्रा पूरा गरेर बुधबार हरियाणा प्रवेश गरेका राहुल यसै साता दिल्ली आइपुग्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?