काठमाडौं । एनएमबी बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा अधिकतम् २० प्रतिशतसम्मको छुट पाउनेछन् ।
सम्झौतापत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले छुटका लागि सहकार्य गरिएको बैंकले जनाएको छ ।






