काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन हुनु भएकाे छ ।
४३ सदस्यीय कार्यसमितिमा ढुंगाना सर्वसम्मन अध्यक्ष चयन हुनु भएकाे हाे। उहाँ नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख हुनु हाे।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन हुनु भयाे ।
महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन हुनु भएकाे छ भने उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन हुनु भएकाे छ






