माधव नेपालको स्वास्थ्य अवस्था बुझ्न देउवा र प्रचण्ड अस्पतालमा

Read Time = 1 min

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सँगै अस्पताल पुग्नुभएको छ ।

रूघाखोकी र छातिमा संक्रमण देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका नेपाल स्वास्थ्य लाभ गरिरहनु भएकाे छ ।

ADVERTISEMENT

दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुनभएको छ । साथै उहाँहरुले शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।

देउवा आजै मात्र संसदीय दलको निर्वाचनमा निर्वाचित हुनु भएको हो । सरकार गठनको प्रक्रिया सुरु गर्न गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल बिरामी परेपछि आज बस्ने भनिएको गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *