उत्कृष्ट नतिजा ल्याउने इलिक्सर एकेडेमी पुरस्कृत

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवसका अवसरमा महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयमध्ये शैक्षिक सत्र २०७८ को एसइईमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल चाबहिलस्थित इलिक्सर एकेडेमीका प्रधानाध्यापक रविन दाहाललाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेको छ । मेयर वालेन्द्र शाहले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

ADVERTISEMENT

सोही कार्यक्रमा महानगरपालिका उपमेयर सुनिता डंगोलले शैक्षिक सत्र २०७८ को एसइईमा चार जिपिए ल्याउने इलिक्सर एकेडेमीका विद्यार्थी कृतिका सिवाकोटी र प्रतीक पौडेललाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभयो । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष महानगर दिवसका अवसरमा महानगरभित्रका उत्कृष्ट विद्यालय र विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज