सानिमाको लाभांश पारित

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकको प्रस्तावित १०.९८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १८औँ वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

ADVERTISEMENT

साथै साधारणसभाबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल सर्वसाधारण समूहतर्फबाट निर्वाचित हुनुभएको छ । आव २०७८/०७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रहेको छ । आव २०७७/०७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज