काठमाडौं । शिवम् सिमेन्टले ‘बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२’ अवार्ड प्राप्त गरेको छ । न्यु बिजनेश एज प्रालिले सातौँ न्यु बिजनेस कन्क्लेभ एण्ड अवार्डअन्तर्गत काठमाडौंमा आयोजना गरेको सातौँ न्यु बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक–फरक सात संस्थागत विधामा दिइएको उक्त अवार्डमध्ये शिवम् सिमेन्टले प्राप्त गरेको हो ।
यसअघि शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ सम्मानित भइसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीको ओपिसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठूला परियोजनाका साथै अनेकौं संरचना निर्माणमा समेत प्रयोग हुँदै आएको छ ।
हेटौंडामा स्थापित उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगा प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन गर्दै आएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता