सरकारलाई जिफन्टको ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकका समस्या समाधान गर्न माग गरेको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकका समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको हो ।

मुलुकको अर्थतन्त्र रेमिट्यान्सका भरमा चलेको तर रेमिट्यान्स पठाउनेको समस्याबारे सरकार गम्भीर नभएको उहाँको भनाइ छ । साथै उहाँले वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्दै गएको भन्दै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

ADVERTISEMENT

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘मुलुक रेमिट्यान्सका भरमा चलेको छ तर वैदेशिक रोजगारीमा गएकाको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन, सरकार गम्भीर भएर उनीहरूको समस्या तत्काल समाधान गर्नुपर्छ ।’

जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि उहाँले माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज