रेशम चौधरीसँगको भेटपछि गच्छदारले भने : माइतीघर मण्डलामा धर्नामा बस्न तयार छु

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा शनिबार उहाँहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ ।

गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताउनु भयो । उहाँले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताउनु भयो।

ADVERTISEMENT

उहाँले थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिसमेत जनाउनु भयो । उहाँले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताउनु भयो। त्यसका लागि माइतीघर मण्डलामा धर्नामा बस्न आफू तयार रहेको उहाँले बताउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *