✍️ डा. नारायणप्रसाद निरौला
सामान्य अर्थमा दुई देश वा स्थानबीचको अन्तरलाई देशान्तर भनिन्छ । पृथ्वीको कुनै स्थानलाई शून्य समय मानिन्छ र उक्त स्थानबाट पूर्व १८० अंशको अन्तरलाई १२ घण्टा र पश्चिममा पनि १८० अंशको मानलाई १२ घण्टामा विभाजन गरेर कुन देश वा स्थानमा हाल कति बजेको छ भन्ने जान्नका निम्ति यो परिकल्पना गरिएको हुन्छ । २४ घण्टा वा एक दिनमा ३६० अंश मान मानेर प्रत्येक देशको स्थानीय समय निर्धारण गर्नका निम्ति देशान्तर संस्कार आवश्यक हुन्छ । यसरी देशान्तरअनुसार नै हाम्रा देशको समय निर्धारण हुने गर्दछ । घडीको समयज्ञान पनि देशान्तरबाट हुने गर्दछ । वास्तविक घडीको समय भने सूर्यको छायाँका आधारमा धूपघडी बनाएर तय गरिन्छ ।
देशको अन्तर समय निर्धारण गर्ने कार्य देशान्तरमा हुन्छ । यसबाट हाम्रा दैनिक व्यवहार चलाउन सहज हुन्छ । हाल बेलायतको ग्रीनबीच भन्ने स्थान हुँदै उत्तरी र दक्षिणी ध्रुव गएको रेखालाई शून्य देशान्तर समय मानिएको छ । अर्थात् ग्रीनबीचमा रातिको १२ बज्दा त्यसभन्दा पूर्व १८० अन्तरका देश जापान आदिमा दिउँसोको १२ बजेको हुन्छ । वर्तमानको देशान्तर समय यसरी निर्धारण गरिएको छ । यसरी देशान्तर निर्धारण गर्ने आधार बिन्दु जुनसुकै स्थानलाई पनि बनाउन सकिन्छ । त्यो सर्वमान्य भने हुनुपर्दछ ।
वर्तमानको समयसंस्कार पृथ्वीको निश्चित बिन्दुलाई आधार मानी निर्धारण गरिएको छ । यस्तै एक निर्धारित स्थान (प्रधानमध्याहृन) रेखाबाट पूर्व र पश्चिमको कोणीय अन्तरमा आउने दूरीको मापन देशान्तबाट गरिन्छ । जसका लागि उत्तरदक्षिण फैलिएका काल्पनिक रेखा खिचिएका हुन्छन् ।
पौरस्त्य मान्यताअनुसार भारतवर्षको लङ्का, उज्जैन, कुरुक्षेत्र हुँदै मेरु पर्वत गएको रेखालाई मानिएको छ । आज पनि यही रेखादेशका आधारमा पञ्चाङ्ग गणना हुने गर्दछन् । सोसम्बन्धी व्यवस्था सिद्धान्त शिरोमणिमा यसरी बताइएको छ :
‘यल्लङ्कोज्जयिनीपुरोपरि कुरुक्षेत्रादिदेशान् स्पृशद्
सूत्रं मभेरुगतं बुधैर्निगदिता सा मध्यरेखाभुवः ।
आदौ प्रागुदयोऽपरत्रविषये पश्चाद्धि रेखोदयात्
स्यात् तस्मात्क्रियते तदन्तरभवं खेटेष्वृणं स्वं फलम् ।।२४।।’ (सिद्धान्तशिरोमणि, भूगोलाध्याय)
यो प्राच्य समय मापनको केन्द्रबिन्दु हो । भारतवर्षको समयसंस्कार आज पनि यही आधारबिन्दुलाई मानेर साधना गरिन्छ । पछि ब्रिटिसको शासन कालमा ग्रीनबीचलाई मध्यरेखा मानिएको हो । उक्त ग्रीनबीचदेखि पौरस्त्य मान्यताको रेखादेश ७५ अंश ४० कला पूर्वमा अवस्थित छ । आजका घडी एवं समय ग्रीनबीचलाई नै आधार मानेर चलेका छन् । यसैले पञ्चाङ्ग गणना गर्दा सर्वप्रथम उज्जैनको मान निकालिन्छ र सो मानमा हालको रेखादेशसँग समयसंस्कार गरी आजको समयलाई मिल्ने बनाइन्छ । लङ्का, उज्जैन हुँदै गएको रेखादेश नै पौरस्त्य मान्यताको शून्य देशान्तर स्थान हो ।
वर्तमानको समयसंस्कार पृथ्वीको निश्चित बिन्दुलाई आधार मानी निर्धारण गरिएको छ । यस्तै एक निर्धारित स्थान (प्रधानमध्याहृन) रेखाबाट पूर्व र पश्चिमको कोणीय अन्तरमा आउने दूरीको मापन देशान्तबाट गरिन्छ । जसका लागि उत्तरदक्षिण फैलिएका काल्पनिक रेखा खिचिएका हुन्छन् । प्रधानमध्यहृन रेखालाई ग्रीनबीच रेखा पनि भनिन्छ । यसको कोणीय दूरी ०० मानिएको छ । देशान्तर रेखा ३६०० को हुन्छ र यसलाई ०० देखि १८०० पूर्व र ०० देखि १८०० पश्चिम गरी दुई भागमा विभाजन गरिएको छ । प्रत्येक देशान्तर रेखाको वृत्तको लम्बाइ हरेक वृत्तको बराबर हुन्छ तर ध्रुवको नजिक हुँदै जाँदा साँघुरिदै जान्छ । अन्तर्राष्ट्रिय तिथिरेखा ग्रीनबीचका विपरीत दिशामा रहेको हुन्छ । जुन १८०० पश्चिम र १८०० पूर्वमा हुन्छ ।
देशान्तर पूर्व र पश्चिमा देशबीचको मान हो । यसैगरी अक्षांश भनेको भूमध्य (भूगर्भ) बाट उत्तर र दक्षिणको कोणीय मान हो । यी दुई संस्कार गरेपछि पृथ्वीका जुनसुकै स्थानको कोणीय मान पत्ता लगाउन सकिन्छ । आजका प्रविधिले पनि यही आधारमा कार्य गर्दछन् । स्याटलाइटलाई पनिसोही आधारमा निर्धारित गरिएको हुन्छ । अन्तरिक्ष यान प्रक्षेपणमा पनि यही देशान्तर एवं अक्षांशको उपयोग गरिन्छ । आजका निश्चित स्थानभेदी युद्धसामग्री पनि यही मानका आधारमा निश्चित कार्य पूरा गर्न सक्षम तुल्याइएको हुन्छ । मानव व्यवहारलाई सहज बनाउनुका साथै विश्वको समय, कोणीय स्थान पत्ता लगाउने उपकरण निर्माणका साथै यान्त्रिक यान चलाउने कार्यमा पनि अक्षांश र देशान्तरको उपयोग हुन्छ ।
दिशा व्यवस्थापनका सम्बन्धमा पनि पौरस्त्य वाङ्मय व्यवस्थिति र वैज्ञानिक छ । ध्रुवतारा सधैँ उत्तर दिशामा हुन्छन् । ध्रुवतारा हेरेर रातमा दिशा पत्ता लगाउन सकिन्छ भने दिनमा सूर्य हेरेर । ‘यत्रोदितास्ते किलतत्रपूर्व’ अर्थात् जहाँबाट सूर्य उदाए त्यही स्थान पूर्व भनी पौरस्त्य शास्त्रमा उल्लेख गरिएको छ । यसैगरी उत्तर दिशामा आफ्नो अक्षांशतुल्य रहेर सधैँ ध्रुवतारा देखिने गर्दछन् । कुनै एक दिशालाई पत्ता लगाएपछि अन्य दिशा ध्रुवमत्स्य (विपरीत संस्कार जुन कम्पासको सहायताले प्राप्त गर्न सकिन्छ) गरेर पत्ता लगाउन सकिन्छ ।
यही दिशाको ज्ञानका निम्ति व्रतबन्ध एवं विवाह संस्कारमा दिनमा सूर्य हेर्ने र रातमा ध्रुवतार हेर्ने विधान गरिएको हो । यसरी ध्रुवतारा एवं सूर्यको दर्शन गर्नु भनेको दिशाको ज्ञान गर्नु हो । दिशाको ज्ञान देशान्तरमा अन्तर्निहित हुन्छ । यसैले देश देशान्तर ज्ञान गर्न सक्ने हुन अर्थात् भनौँ त्यो देशन्तरीय ज्ञानलाई व्यवहारमा उतार्नु परेको समयमा प्रयोग गर्नका निम्ति यस्तो व्यवस्था गरिएको हो ।
रेखादेशलाई जहिले पनि शून्य देशान्तर मानिन्छ । यसको कोणीयमानको आधार ध्रुव हुन्छ । रेखादेशबाट अर्को देशले ध्रुवमा जति सोही उक्त स्थानको देशान्तर अंशादिमान हुन्छ । एक अंशमा चार मिनेटको समय रहन्छ र उक्त समयलाई पृथ्वीको दूरीमा मापन गर्दा २४ किलोमिटर हुन आउँछ । अर्थात् प्रत्येक २४ किलोमिटरमा एक अंश (डिग्री) को देशान्तर मान हुने गर्दछ । पौरस्त्य वाङ्मयमा किलोमिटरको चर्चा छैन । योजनद्वारा दूरीको मापन गर्ने विधिविधान रहेको छ । अङ्गुल, हात, कोस, योजन आदि दूरी मापनका एकाइ हुन् ।
ज्योतिषशास्त्रमा भूगोलको मापनका साथै अन्तरिक्षका ग्रहको दूरी यही आधारमा तय गरिएको छ । ८ जौका दाना राख्दा हुने दूरी बराबर एक अङ्गुल (०.०१९०५ मिटर) हुन्छ । यसैगरी २४ अङ्गुल बराबर एक हात (०.४५७२ मिटर) हुन्छ । ४ हात=१ दण्ड (लौरो)=१.८२८८ मिटर । २००० दण्ड=१ कोस=३.६५७६ किलोमिटर । ४ कोस=१ योजन=१४.६३०४ किलोमिटरको दूरी मान हुन्छ । यही आधारमा दूरीको गणना गर्ने विधि प्राचीन पद्धति रहेका छन् । ‘यवोदरैरङ्गुलमष्टसङ्ख्यैर्हस्तोऽङ्गुलैः षड्गुणितैश्चतुर्भिः । हस्तैश्चतुर्भिर्भवतीह दण्डः क्रोशः सहस्रद्वितयेन तेषाम् ।।’ (लीलावती, परिभाषा, श्लो.५) यसरी प्राच्यशास्त्रमा दूरीको मापन गर्ने व्यवस्था रहेको छ ।
रेखादेशलाई जहिले पनि शून्य देशान्तर मानिन्छ । यसको कोणीयमानको आधार ध्रुव हुन्छ । रेखादेशबाट अर्को देशले ध्रुवमा जति सोही उक्त स्थानको देशान्तर अंशादिमान हुन्छ । एक अंशमा चार मिनेटको समय रहन्छ र उक्त समयलाई पृथ्वीको दूरीमा मापन गर्दा २४ किलोमिटर हुन आउँछ ।
देश वा कुनै क्षेत्रको निश्चित स्थानलाई केन्द्र आधार मानेर समय निर्धारण गरिन्छ । जसलाई मानक समय भनिन्छ । नेपालको दोलखा जिल्लाअन्तर्गत पर्ने गौरिशंकर हिमालको ८६०।१५’ पूर्वी देशान्तर (रेखांशलाई) मानक समय मानिएको छ । अर्थात् ग्रीनबीचभन्दा ५ घण्टा ४५ मिनेट छिटो (पूर्व) रहेको छ । यही स्थानबाट पूर्व र पश्चिममा जति अन्तर हुन्छ सोहीअन्तर संस्कार गर्दा नेपालको स्थानीय समय हुन्छ । नेपालको देशान्तर= ८६०।१५’ पूर्वी । (देशान्तरको १ डिग्री=४ मिनेट हुन्छ)। ८६०।१५’×४= ३४४।६०=३४५ मिनेट ० सेकेण्ड=५ घण्टा ४५ मिनेट पूर्व । अर्थात् ग्रीनबीचभन्दा पाँच घण्टा ४५ मिनेट पहिले नेपालको गौरीशङ्करमा सूर्य उदाउँछन् । यही नेपालको मानक समय हो ।
नेपालको प्रामाणिक मानक समय ८६०।१५’ पूर्वी देशान्तर गौरीशंकर हिमाललाई विसं २०४२ सालबाट मान्न थालिएको हो । यसपूर्व ८५०।००’ पूर्वी देशान्तरलाई लिइएको थियो । दुई देशबीचको अन्तरमान नै देशान्तर हो । संसारी व्यवहार सिद्धिका निम्ति देशान्तर साधनको आवश्यकता रहन्छ । यसका साथै भूगोलीय अवस्थितिको आकलनका निम्ति पनि यसको ज्ञान आवश्यक हुन्छ । पृथ्वीको कुनै स्थानलाई शून्य वा केन्द्र मानेर यसको निर्धारण गर्न सकिन्छ । प्राच्यशास्त्रअनुसार लङ्का उज्जैन हुँदै ध्रुवप्रदेशमा गएको रेखालाई शून्य रेखादेश मानेर गणनापद्धति चलाइएको छ । आजको विश्वपरिवेशमा मानिएको शून्यदेशान्तर ग्रीनबीच हो । व्यवहार सिद्धिका निम्ति आज यही स्थानलाई देशान्तरको आधाररेखा मानिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts