मेयर उपेन्द्र कार्कीलाई कुन्तीको जवाफ : जनताका समस्या समाधान गर्न सक्नुहुन्न भने राजीनामा दिनुस्

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ बाट उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताउनुभएको छ ।

शुक्रवार नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिहरुले पदमा बसिरहन नमिल्ने बताउनुभएको हो ।

एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए । त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाउनुभएको थियो ।

ADVERTISEMENT

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेतृ पोखरेलले जनप्रतिनिधिहरुले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकहरुको साथ दिएको बताउनु भयो ।

उहाँले नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत दिनुभयो । नेतृ पोखरेलले नगरप्रमुखसँग स्थानीहरुले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरेपनि मेयरले बेवास्ता गरेको आरोप लगाउनु भयो । उहाँले सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माणका काम कहिले हुने ? भन्दै प्रश्नसमेत गर्नुभयो ।

समाजसेवीसमेत रहनुभएका पोखरेलले साँखु—थली सडक निर्माणको काममा राजनीतिक दलहरुले पूर्वाग्रह देखाएको आरोपसमेत लगाउनु भयो । उहाँले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज