काठमाडौं । सैन्य अभ्यासमा भाग लिन भारतीय सेनाको टोली आज नेपाल आइपुगेको छ । नेपाल-भारत सीमा नजिक रुपन्देहीको सालझन्डीमा शुक्रबारदेखि संयुक्त सैन्य अभ्यास हुन लागेको हो ।
नेपाल र भारतका सेनाबीच ‘सूर्यकिरण’ नामक सैन्य अभ्यास हरेक वर्ष एकअर्को देशमा आलोपालो हुने गरेको सेनाले जनाएको छ । सूर्यकिरण अन्तर्गतको १६ औं संस्करण नेपालको सालझन्डीमा शुरु हुन लागेको हो ।
१५ औं संस्करण भारतको पिथौरागढमा आयोजना भएको थियो, जसमा दुवैतर्फका गरी ६५० जना सैनिक जवान सहभागी भएका थिए।
अभ्यासमा सहभागि हुनको लागि भारतिय सेनाका कर्णेलको कमाण्डमा रहेको एउटा बटालियन तहको टोली सालझण्डी पुगिसकेको छ ।
बटालियन तहको उक्त सैन्य अभ्यासमा ३ सय ५० जनाको सहभागिता रहने छ । सैन्य अभ्यास डिसेम्बर २९ मा सकिनेछ ।
सूर्यकिरण सैनिक अभ्यास प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृतिक प्रकोप, पर्यावरण संरक्षण लगायतमा केन्द्रीत हुनेछ । यस अभ्यासले जंगली र पहाडी क्षेत्रमा विद्रोही गतिविधि र आतंकवादविरुद्ध लडन सहयोग पुर्याउने अपेक्षा दुवै देशका सेनाले गरेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता