काठमाडौं । मंसिर २९ गतेदेखि विराट एक्स्पो हुने भएको छ । पुस ६ गतेसम्म संचालन हुने सो एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको छ । एक्स्पोको सम्पूर्ण प्रत्यक्ष प्रसारण नेपाल नेटवर्क टेलिभिजनबाट हुने छ ।
उद्योग संगठन मोरङको आयोजनामा विराटनगर महानगरपालिका-१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा एक्स्पो हुन लागेको हो ।
आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को आयोजना गरिएको आयाेजकले जनाएका छन् । कृषि, पर्यटन, उद्योग र वाणिज्यः आर्थिक विकासको मुख्य आधार भन्ने मूल नाराका साथ एक्स्पो हुन लागेको हो ।
एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहने छ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब २० लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
एक्स्पोको मुख्य आकर्षक आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सवलीकरणका लागि एसियन फाउन्डेसन र प्रदेश नागरिक विकास बोर्डसँगको सहकार्यमा लगानी सम्मेलन, प्रदेश-१ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहने छ ।
यसका साथै पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक सांगीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रममा स्थानीय कला संस्कृति एवं कलाकारलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला संस्कृतिको प्रस्तुति हुनेछ । एक्स्पोमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूको समेत सहभागिता रहने आयाेजककाे भनाई छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता