डोजर दुर्घटना अपडेट : थप एक जनाको शव भेटियो, मृतकको संख्या ५ पुग्यो

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 1 min

कालीकोट । कालीकोटमा डोजर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

गत शनिवार डोजर दुर्घटना हुँदा हराइरहेका कैलालीका २३ वर्षका मङ्गल सोडारीको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता प्रहरी उपरीक्षक शुभराज बमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यसअघि हिजो शान्नीत्रिवेणी गाउँपालिकाका उमेश गिरीको शव भेटिएको थियो । घटना भएकै दिन शनिबार कालीकोटका चरित्र सार्की र युवराज बुढाको घटनास्थलमै र मिलन शाहीको उपचारको क्रममा मृत्यु भएको थियो ।

ADVERTISEMENT

दुर्घटनामा परी हराइरहेका रक्तिम सार्कीको अवस्था भने अझै थाहा हुँन नसकेको प्रहरी उपरीक्षक बमले बताउनुभयो ।

शनिबार दिउँसो ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावरको सुरुङ्भित्र पानीको अवस्था परीक्षण गरेर फर्किएको डोजर दुर्घटनामा परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज