शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

रासस
रासस
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र प्रतिस्पर्धी बनाउन शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । काठमाडौँ महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस विद्यालयले राष्ट्रलाई शैक्षिक जनशक्ति उत्पादनमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्न चाहान्छु । मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई मूल पूर्वाधारको रूपमा लिइन्छ । तसर्थ हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदामा आधारित उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्दछ ।”

त्यस्तै राष्ट्रपति भण्डारीले राष्ट्रको समृद्धि तथा विकासका निम्ति स्रोत र साधनको पहिचान गरी त्यसको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै शिक्षाको मूलभूत उद्देश्य रहेकोसमेत बताउनुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इतिहासमा शिक्षा समाजको दायित्व रहेको भन्दै समाजमा योग्य र दक्ष जनशक्तिको निमित्त विद्यालयको स्थापना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षाको दायित्व पूरा गर्नका लागि राज्य अग्रसर हुन जरुरी छ । यसलाई प्राथमिकतामा राख्न जरुरी छ । आमनागरिकले शिक्षाको दायित्व राज्यको हो भन्ने महसुुस गर्ने गरी सरकारी विद्यालयलाई विकास गर्नु जरुरी छ । आजको आवश्यकता प्राविधिक शिक्षा मात्र होइन । शिक्षालाई प्रविधिकरण गर्न पनि जरुरी छ ।”

उहाँले सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीले मन दुखाउनुपर्ने अवस्था निर्माण भएको भन्दै सरकारले लगानी गरेका विद्यालयमा विद्यार्थीको तँछाडमछाड हुनुपर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । सार्वजनिक विद्यालयमा भर्ना हुन पाउँदा गर्व गर्नुपर्ने भन्दै उहाँले तर त्यस्तो हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *