कृषिमा आधारित औद्योगिकीकरणमा जोड

Read Time = 3 mins

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक अवस्थालाई सुधार गर्न कृषिजन्य उत्पादनमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजना र जिआइजेटको सहयोगमा सुरु भएको दुईदिने कार्यशालामा पाण्डेले कृषिजन्य उत्पादनलाई उद्योगमार्फत् प्रशोधन गरेर बजार पठाउन सके किसानको जीवनस्तरमा सुधार ल्याउन र अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताउनुभएको हो ।

उहाँले कृषि तथा पशुपालन क्षेत्रमा विकास भएको प्रविधि नेपालमा पनि प्रयोग गर्न सकिने भन्दै उत्पादन, बजारीकरण र उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय आत्मनिर्भरताका लागि कृषि र पशुपालनजन्य उत्पादन बढाउनुको विकल्प नरहेकाले किसानका लागि पालिकास्तरबाट सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

अहिले नेपालका अधिकांश किसानले मल अभावका कारण राम्रो उत्पादन र आम्दानी गर्न नसकिरहेको भन्दै पूर्वअर्थमन्त्री पाण्डेले समस्या समाधानका विषयमा केन्द्रीय संघले भूमिका खेल्न सक्ने बताउनुभयो । साना किसान सहकारीहरूले आफ्नै मल उद्योग स्थापना र सञ्चालन गर्न सक्ने भएकाले त्यसको नेतृत्व केन्द्रीय संघले गर्नुपर्ने उहाँको भनाइ छ ।

ADVERTISEMENT

नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले कृषिजन्य वस्तुको बजारीकरण प्रमुख समस्या रहेको भन्दै प्रविधि प्रयोग गर्दै कृषिलाई उद्यमसँग जोड्न सके कृषिप्रतिको वर्तमान नकारात्मक सोच बदल्न सहयोग पुग्ने दाबी गर्नुभयो । निकट भविष्यमै सात सय ५३ वटै पालिकामा कृषि सहकारीको सञ्जालीकरण गर्ने र सहकारीमार्फत् उत्पादिन वस्तुको बजारीकरणका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

संघका महाप्रबन्धक रुद्र भट्टराईले राजनीतिक र प्रशासनिक नेतृत्वको सकारात्मक सोचले असम्भव काम पनि सम्भव बनाउन सहयोग पुग्ने बताउनुभयो । संघले साना किसानको जीवनस्तर सुधार गर्दै ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउन काम गर्दै आएको छ भने सोही कार्यक्रममार्फत् आफ्नो १० वर्षे रणनीतिसमेत निर्माण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज