टाटा मोटर्सको इन्जिन क्योर क्याम्प

Read Time = 2 mins

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीका लागि इन्जिन क्योर क्याम्प आयोजना गरेको छ । सोमबार टाटा मोर्टस कस्टमर क्योर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोहबीच क्याम्पको शुभारम्भ गर्नुभएको हो । नयाँ प्रविधियुक्त गाडीलाई विशेषरूपमा चेकजाँच, मर्मतसम्भार गरी गाडीको कार्यक्षमता वृद्धि गराई ग्राहकलाई प्रत्यक्षरूपमा फाइदा दिने उद्देश्यले इन्जिन क्योर क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

क्याम्पमा सहभागी सम्पूर्ण गाडीको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टसमा १५ देखि ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टमा २० प्रतिशत छुट, लेवर चार्जमा २५ प्रतिशत छुट तथा चालकका लागि नयाँ प्रविधि गाडीबारे निःशुल्क तालिम सुविधा रहेकोे बताइएको छ । क्याम्प सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरमा पुस १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज