काठमाडौं । सिद्घार्थ बैंक र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड(केएमसी)बीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका सामान्य प्रशासन प्रमुख प्रेमप्रकाश थापाले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, क्युआरमार्फत् भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता