काठमाडौं । अरेन्ज द वल्र्ड भन्ने नाराका साथ इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले १६ दिने महिला हिंसाविरुद्धको अभियानका क्रममा हिंसाविरुद्धको ‘पोडकास्ट’ सम्पन्न गरेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर)अन्तर्गत सञ्चालित १६ दिने अभियानअन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका नौ महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरूको भूमिकाबारे छवटा पोडकास्ट निर्माण गर्नुभएको थियो ।
पोडकास्टअन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आबद्ध भएर नेपालको पहिचान राख्न सफल महिला विनिता राई, एकल खुट्टाले नाचेर चर्चामा आउनुभएकी रोमा न्यौपाने, पहिलो महिला नायब महानिरीक्षक मीरा चौधरी र मानवअधिकार अधिवक्ता प्रपुसा केसीसँग महिला हिंसाका अनुभवबारे कुराकानी गरिएको थियो । त्यस्तै, पहिलो कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान, अधिकारको क्षेत्रमा क्रियाशील शैली चौधरी, कैदी सहायता नेपालकी इन्दिरा रानामगर, नेपाल महिला राष्ट्रिय फुटबल टिमकी कान्छी खेलाडी प्रीति कुलुङ राई, गल्र्स इन टेककी आस्था शर्मा, भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक प्राडा नीलम श्रेष्ठ र वल्र्डलिंकको सिएसआरकी प्रमुख अनुपा जलानसँग कुराकानी गरिएको थियो ।
शनिबार काठमाडौंमा आयोजित उक्त अभियान समापन कार्यक्रममा बागमती प्रदेशकी पूर्व-मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वल्र्डलिंकले महिलाविरुद्धको हिंसाबारे सचेतना जगाउन अभियान गरेकोमा खुशी व्यक्त गर्दै अभियानले लैंगिक हिंसा न्यूनीकरणमा ठूलो सघाउ पुग्ने बताउनुभयो । उहाँले विगतको तुलनामा महिला हिंसा घटेको र महिलाहरू घरबाट बाहिर निस्किएर विभिन्न व्यवसाय गर्ने वातावरण बन्दै गएको भन्दै अझै पनि महिला हिंसा अन्त्यका लागि अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कम्पनीका सञ्चालक लक्ष्मण यादवले सूचना प्रवाहले नागरिकको जीवनमा ठूलो परिवर्तन ल्याउने भएकाले वल्र्डलिंक सोही अभियानमा लागेको बताउनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सबै क्षेत्रमा इन्टरनेट सेवा पुगेका कारण हिंसाबारे बोल्न सजिलो भएको बताउनुभयो ।
सो अवसरमा गल्र्स इन टेककी शर्मा र महिला फुटबल खेलाडी राईले अनुभव सुनाउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts