हङकङका मिडिया टाइकुनलाई ६ वर्ष जेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

हङकङ । हङकङका अर्बपति मिडिया टाइकुन जिमी लाइलाई ठगीको आरोपमा झण्डै ६ वर्षको जेल सजाय सुनाइएको छ । अक्टोबरमा गैरकानूनी रूपमा अफिस क्षेत्र सबलेट (कसैलाई तपाईंले अरू कसैबाट भाडामा लिनुभएको भवनको सम्पूर्ण वा भाग भाडामा दिन अनुमति दिनु) गरेकोमा दोषी पाइएका लाइले कुनै पछुतो महसुस नगरेको न्यायाधीशले बताए ।

अहिले बन्द गरिएको एप्पल डेली अखबारका संस्थापक ७५ वर्षीय लाइले हालै विरोध प्रदर्शन र अनाधिकृत भेलाहरूमा भाग लिएको कारणले २० महिनाको जेल सजाय पूरा गरेका थिए। राष्ट्रिय सुरक्षाको आरोपमा उनको आगामी सुनुवाइमा उनले सम्भावित आजीवन कारावासको सामना पनि गर्नुपर्नेछ ।

ADVERTISEMENT

यसअघिका अभियोगहरू २०१९ मा हङकङमा भएको विशाल लोकतान्त्रिक आन्दोलनमा उनको भूमिकासँग सम्बन्धित थिए । तर, पछिल्लो मुद्दामा उनको एउटा कम्पनीले आफ्नो अखबारको कार्यालयमा भाडाको सर्तहरू उल्लंघन गरेको थियो ।

लाइ र एप्पल डेलीका पूर्व कार्यकारी वोङ वाइ-केउङ दुबैलाई अक्टोबरमा जिल्ला न्यायाधीश स्टेनली चानले ‘योजनाबद्ध, संगठित र वर्षौं लामो’ समय ठगीको दोषी पाएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?