काठमाडौं । सिरहामा पिकअप भ्यानको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । लहान नगरपालिका-३ मा बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका-२३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए ।
घाइते दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको मृत्यु भएको हो । बिहीबार राति साढे ११ बजे बा १९ च ६९३२ नम्बरको पिकअप भ्यानले पैदल यात्रीद्वयलाई ठक्कर दिएको हो । सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता