बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान ५ः३० बजे पाटन नगरपालिका १० डन्सेली भन्ने स्थानमा से १ ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिप चालक समेत रहेका डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालिका ३६ बर्षिय तेज बहादुर साउदको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

जिप सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?