सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

Read Time = 1 min

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार दुईसय थियो ।

ADVERTISEMENT

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ३० ले बढेर रु एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज