आठौँ धादिङ महोत्सवमा थाक्रे गाउँपालिकाबाट कालो उखुको स्टल रहने

Read Time = 3 mins

धादिङ । आठौँ धादिङ महोत्सव २०७९ मा थाक्रे गाउँपालिकाबाट कालो उखु र त्यसको जुसको स्टल रहने भएको छ । साथै गाउँपालिकामा रहेको महिला पञ्चेबाजाको टोलीद्धारा साँस्कृतिक झाँकी प्रस्तुत गरिने मुल आयोजक समितिले जनाएको छ ।

उखुको स्टलमा खेतीको आधुनिक तरिका, कालो उखुको फाइदा र महत्वका विषयमा जानकारी गराइने तथा महोत्सव अवलोकन कर्ताहरूले कालो उखुको जुसको स्वाद लिन पाउने ब्यवस्था समेत मिलाइएको छ ।

महोत्सवलाई सर्वपक्षिय बनाउन तथा पालिकाहरूका प्रचार योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुको प्रचारप्रसारमा सहयोग गर्न मुल आयोजक समितिले पालिकाका अध्यक्षहरुलाई आग्रह गरेको छ ।

यस्तै महोत्वसवलाई व्यबस्थित र भव्य सभ्य बनाउन मंगलबार र बुधवार दक्षिणी धादिङको थाक्रे, गल्छी र गजुरी गाउँपालिका प्रमुखहरुसंग छलफल गरिएको धादिङ उद्योग बाणिज्य संघ धादिङका महासचिव एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

छलफलका क्रममा गल्छी गाउँपालिकाबाट बोट विरुवा तथा फलफुलका नर्सरीहरुको स्टल रहने गाउँपालिका अध्यक्ष केदार खतिवडाले प्रतिवद्धता जनाउनुभएको छ ।

त्यस्तै गजुरी गाउँपालिकाले पनि गाउँपालिकाको चेपाङ सस्कृति र रहनसहनलाइ प्रस्तुत गर्नको लागि पहल थालिएको बताउनुभएको छ । धादिङका सवै पालिका प्रमुखहरुसंग छलफल गरी पालिका भित्रका प्रदर्शन योग्य बस्तु, सेवा, सस्कृति र सम्पदाहरुलाइ महोत्सवमा समावेश गरिने मुल आयोजक समितिले जानकारी दिएको छ ।

धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक विष्णु थपलियाको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष राम कुमार डल्लाकोटी, संघका पदाधिकारी एवं सदस्यहरुको सहभागीताधादिङका सवै गाउँपालिका तथा नगरपालिकामा छलफल जारी रहने धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज