अफगानिस्तानमा सत्तापलटपछि तालिबानले दियो पहिलो मृत्युदण्ड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । तालिबानले गत अगस्टमा अफगानिस्तानमा सत्तापलट गरेपछि पहिलो पटक मृत्युदण्ड दिएको छ ।

ताजमिर नाम गरेका एक व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेपछि उनलाई दक्षिणपश्चिमी फराह प्रान्तको एक स्टेडियममा मृत्युदण्ड दिइएको तालिबानका प्रवक्ताले बताए।

तालिबान सरकारका अधिकांश शीर्ष मन्त्रीहरू सहित समूहका दर्जनौं नेताहरू फाँसीमा सहभागी भएका थिए । न्यायाधीहरुलाई शरिया कानूनलाई पूर्ण रूपमा लागू गर्न निर्देशन दिइएको केही हप्तापछि यो आदेश आएको हो ।

ADVERTISEMENT

तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले गत महिना उक्त आदेश जारी गर्दै न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक अंगविच्छेदन र ढुंगाले हानेर सजाय तोक्न आदेश दिएका थिए । यद्यपि, तालिबानले आधिकारिक रूपमा वास्तविक अपराध र सम्बन्धित सजायहरू परिभाषित गरेका छैनन्।

तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मृत्युदण्डमा सर्वोच्च अदालतका न्यायाधीशहरू, सेनाका कर्मचारीहरू र वरिष्ठ मन्त्रीहरू पनि सहभागी थिए ।

तालिबानले इस्लामिक कानूनको कडा व्याख्याको जिम्मा पाएका मोहम्मद खालिद हनाफी पनि उपस्थित थिए। तर, प्रधानमन्त्री हसन अखुन्द भने उपस्थित नभएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज