चन्द्रमा बचत तथा ऋण सहकारी संस्था लि.को नवौं बार्षिक सधारणसभा

Read Time = 4 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगप्रमुख खिलध्वज पन्थीले रोजगारी सिर्जना गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको चन्द्रमा बचत तथा ऋण सहकारी संस्था लि. को नवौं बार्षिक सधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

समृद्ध र समुन्नत नगपालिका बनाउन आर्थिक चलायमानको पाटो मजबुद हुनुपर्ने भन्दै समग्र नगरकै वितिय प्रगतिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । विपन्न, गरिब र केहि गर्न खोज्ने उद्यमीलाई सहकारीले सहज रुपमा ऋण प्रवाह गरि उद्यमशील बन्न सहकारीले खेलेको भूमिका प्रसंशनीय रहेको बताउनुभयो ।

साधारणसभाको अवसरमा अध्यक्षको प्रतिवेदन, संस्थाको प्रगति प्रतिवेदन, लेखापरिक्षणको प्रतिवेदन सहितको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजकको प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै विभिन्न विधामा प्रोत्साहन, सम्मान, पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट बचतकर्ता तर्फ सावित्रा खत्री, उत्कृष्ट उद्यमी तथा ऋणीतर्फ सरस्वती खत्री, जेष्ठ सदस्य लोक बहादुर कुँवरलाई सम्मान गरिएको छ । सामुदायिक विद्यालयतर्फ ३.३५ जिपिए लिएर उत्तिर्ण हुने शेयर सदस्य खिमानन्द भण्डारीकी छोरी प्रतिज्ञा भण्डारी, संस्थागत विद्यालयतर्फ ३.५५ जिपिए लिएर उत्तिर्ण हुने शेयर सदस्य राम बहादुर सुनारका छोरा समीर सुनारलाई सम्मान गरिएको छ ।

ADVERTISEMENT

त्यस्तै, संस्थाका सह-व्यवस्थापक मनरुपा खत्री, सञ्चालक समिति सदस्य राम बहादुर सुनार र हेम बहादुर श्रीसलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको सहकारीले जनाएको छ । यस सहकारी संस्थाका अध्यक्ष कुलदीप थापाको अध्यक्षतामा गरिएको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला बचत सहकारी संघका लेखा संयोजक शालिकराम पन्थी, जिल्ला सहकारी संघका सदस्य देवबहादुर बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै, लेकाली बचत तथा ऋण सहकारी संघका अध्यक्ष गोपाल पन्थी, गुल्मी युनाइटेडका उपाध्यक्ष रामप्रसाद पन्थी, अमरकल्याण बहुउद्देश्य सहकारीका सचिव जुना विक, स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिमला गौतम लगायतको आतिथ्यता रहेको थियो ।

आयोजक संस्थाका उपाध्यक्ष मित्र बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन यस सहकारीका पुर्णबहादुर गुरुङ्गले गर्नुभएको थियो । यस सहकारीको चुक्ता पूँजी ८० लाख रहेको छ । सहकारीले हालसम्म तीन करोड ६४ लाख ९१ हजार ९२७ रूपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज