एनआइसीको विश्वकप अफर

Read Time = 2 mins

काठमाडौं । एनआइसी एशिया बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै ‘विश्वकप २०२२’ विशेष योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी विश्वकपका खेलको सही विजेता अनुमान गर्ने फुटबलपे्रमी ग्राहकमध्ये प्रत्येक खेलमा पाँचदेखि १० जनालाई पाँच सयदेखि दुई हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गरिने बैंकले जनाएको छ ।

साथै भाग्यशाली तीन सयजनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । २० लाख पटकभन्दा बढी डाउनलोड भइसकेको एपमा बैंकले विश्वकपको सम्पूर्ण खेल तालिकासहित खेलसम्बन्धी अन्य विवरणसमेत समावेश गरेको छ । जसका आधारमा ग्राहकले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् ।

ADVERTISEMENT

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्न वितरण गरिने तीन सय टिकटमध्ये एक सय ४० ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टलाई प्रतिमर्चेन्ट दुईदेखि चारवटाका दरले एक सय ६० टिकट वितरण गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज