इन्भेष्टमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड

Read Time = 1 min

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्रतिष्ठित फाइनान्सियल टाइम्स ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको छ । बैंक सन् २०२२ का लागि देशको उत्कृष्ट बैंकका रूपमा छनोट भएको हो । इन्भेष्टमेन्ट बैंकले विगत दुई दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौँपटक हो ।

ADVERTISEMENT

उक्त अवार्ड जित्नु बैंकका लागि वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण भएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकतर्फबाट अवार्ड ग्रहण गर्नुभएको हो । सम्मानित फाइनान्सियल टाइम्स प्रकाशनसँग सम्बन्धित बैंकर पत्रिकाले उक्त अवार्ड प्रदान गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?