रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

एजेन्सी/युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन, रोक्का गरी राखिएको रूसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गर्नु हुँदै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताउनुभएको हो । रूसी केन्द्रीय बैंकको ३ सय अर्ब युरो रोक्का गरिनुका साथै रूसी कुलीन वर्गको सम्पत्ति जफत गरिएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको जसले रूसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?