अमेरिकन चेम्बरको पहिलो वार्षिक साधारणसभा

Read Time = 2 mins

काठमाडौं । अमेरिकन चेम्बर अफ कमर्स (अमच्याम) नेपालले काठमाडौंमा पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । चेम्बर अध्यक्ष अजित शाहको अध्यक्षतामा भएको साधारणसभामा मेटलाइफका निर्मलकाजी श्रेष्ठ, जीओ अटोमोबाइल्सका आकाश गोल्छा, पठाओका असिममान सिंह बस्न्यात, नेपाल, अम्बरकार सफ्टवेयरबाट अतुल्य रिसाल, आइसिटिसी होल्डिङ्सका जयदिन श्रेष्ठ, लिपफ्रग टेक्नोलोजीका कैलाश विजयानन्द र अभिनवा ल चेम्बर्सका सेमन्त दाहाललगायतको सहभागिता थियो ।

ADVERTISEMENT

अध्यक्ष शाहले भन्नुभयो, ‘यो अद्वितीय शक्ति हाम्रा बलियो सदस्य कम्पनी, एमच्याम च्याप्टर्सको हाम्रो अन्तर्राष्ट्रिय क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट आएको हो ।’ संस्थाका सदस्यबीच गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा वकालत र नीति, अर्थ र नेटवर्किङ गरी तीनवटा मुख्य समिति विभाजन गर्न सफल भएको पनि उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज